Logo

प्रमुख समाचार

मंसिरअघि नै आमचुनाव हुने सम्भावना छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुने सम्भावना भएकोले तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

आज कास्कीमा आयोजित एक कार्यक्रममा धारणा राख्दै महामन्त्री थापाले वैशाखबाट स्थानीय चुनाव नसर्ने पनि प्रष्ट पारेका छन् ।

चुनावमा सत्तारूढ गठबन्धनका दलहरूबीच तालमेल गर्ने वा नगर्ने भन्ने पछि टुंगो लगाइने थापाले बताए । गठबन्धनको काम चुनाव गराउने भएकोले चुनावमा मिल्ने नमिल्ने भन्ने विषय अर्कै भएकोले पछि थाहा हुने बताएका छन् ।

उनले कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा मिलेर संविधान र प्रणाली जोगाउन गठबन्धन गर्दै सरकार बनाइएको पनि दोहोर्याए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई संसद चल्ने दिन पनि उनले आग्रह गरेका थिए ।

संसद सुचारू गर्न सहयोग गर्न उनले एमालेलाई आग्रह गरेका छन् । ‘संसद सुचारू भए पनि नभए पनि स्थानीय चुनाव तलमाथि हुन्न,’ उनले भने ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार १४:५६   :  बजे

189
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।