Logo

प्रमुख समाचार

एमाले अध्यक्ष केपी ओली गृह जिल्लामा



प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा पुगेका छन् ।

अहिले केहिबेरमा सालबारीस्थित शहीद स्मृति पार्कमा गएर शहीदको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली गर्दै ओली कमल गाउँपालिका(६ खयरबारीमा रतुवा(मावा तटबन्धको शिलान्यास कार्यक्रममा सहभागी हुनेछन् ।

आजभन्दा ५० वर्षअघि आजकै दिन पञ्चायती शासकबाट पाँचजना सहयोद्धा स्मृतिमा श्रद्धान्जली दिन अध्यक्ष केपी शर्मा ओली आजा झापा पुगेका हुन् ।

ओलीले आजै बिर्तामोडको सिपी पार्टी प्यालेसमा आयोजना गरिएको प्रेस चौतारी नेपाल प्रदेश९१ को प्रथम अधिवेशनलाईपनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, बिर्तामोडकै डोमालाल राजवंशी रंगशालामा आयोजित पाँचौं झापा गोल्डकपको उद्घाटन गरी बेलुका काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार ०९:५५   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।