नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको केहि समयमै नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल देउवाकहाँ गएर प्रधानमन्त्री बनिदिनुस भनेर गुहारको आरोप लगाएका थिए ।
देउवा प्रधानमन्त्री भएको ७ महिना कटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विगतमा प्रधानमन्त्री भइदिनुपर्यो भनेको खुलासा गरेका छन् ।
उनले यो परिस्थिति वाध्यात्मक भएको भन्दै केपी ओलीविरुद्ध लड्न गरेको बताए ।
‘मैंले र माधव नेपालले शेरबहादुर जी कहाँ गएर तपाईँ प्रधानमन्त्री भइदिनुहोस् भन्यौं,’ कर्णाली प्रदेश समिति नेकपा माओवादी केन्द्रको प्रदेश समिति प्रशिक्षणमा प्रचण्डले भने,‘ केपी प्रवृत्तिविरुद्ध लड्न त्यसमा अगाडि बढ्यौं ।’
देउवालाई प्रधानमन्त्रीका लागि आग्रह गरेर जानुलाई विचित्रको अवस्था भने । त्यो अवस्था ओली प्रवृत्तिविरुद्ध लड्नका लागि भएको टिप्पणी गरे ।
देउवालाई आफूहरुले संख्या पुर्याउने भन्दै त्यतिबेला प्रधानमन्त्रीका लागि आग्रह गरेको सुनाए । आफ्नो कदमलाई विद्रोहको संज्ञा दिदै माओवादी जहिले त्यसका लागि तयार हुने बताए ।
















प्रतिक्रिया