काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथी लगाएको आरोपको प्रतिवाद गरेका छन् । आज नुवाकोटमा आयोजति कार्यक्रममा प्रधानमन्त्री देउवाले रावल मन्त्री भएकै बेला एमसीसी सम्झौता मन्त्रपिरषिदबाट पारति भई संसदमा पेश भएको बताएका थिए । त्यसबेला विरोध नगरेको तर अहिले किन टाउको दुखेको भनी देउवाले प्रश्न गरेका थिए ।
जवाफमा नेता रावलले आफू मन्त्री भएका बेला मन्त्रपिरषिदबाट एमसीसी पारित नभएको जिकिर गरेका छन् । ‘केपी ओलीजी पहिलो पटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामन्त्री थिएँ । ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला होइन । अतः मेरो मन्त्रीपरिपरिषदमा सहमति रहेको भन्ने कुरै रहेन’ रावलले ट्विटरमार्फत जवाफ दिएका छन् ।
नेता रावलले प्रधानमन्त्रीले आफूमाथी तुच्छ शब्द प्रयोग गरेको भन्दै पदीय मर्यादा कायम गर्न आग्रह समेत गरेका छन् । उनले एमसीसी सम्झौता देशको हितमा नरहेकाले राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर आफ्नो टाउको दुखेको पनि प्रष्टीकरण दिएका छन् । नेता रावलले देउवाले संसद नियमावली र संविधान मिचेर जनआवाजमाथी दमन गरेर बाह्य शक्तिलाई रिझाउन होहल्लाका बीच एमसीसी अनुमोदन गराएको टिप्पणी गरेका छन् ।





















प्रतिक्रिया