Logo

प्रमुख समाचार

ओलीले राजावादीसँग गठबन्धन गरेनन् भने कान काटेर फाल्दिन्छु : मन्त्री खतिवडा 



गोरखा नेकपा (एकीकृत समाजवादी) का नेता एवं स्वास्थ्य मन्त्री बिरोध खतिवडाले एमालेले राप्रपासँग चुनावी गठबन्धन गर्न गृहकार्य गरिरहेको बताएका छन् । 

मंगलबार गोरखामा पत्रकारहरुसँग कुराकानी गर्दै नेता खतिवडाले भने, ‘कम्युनिष्ट भएर पनि कांग्रेससँग गठबन्धन गर्‍यो भनेर माधव नेपाल र प्रचण्डलाई विभिन्न टिप्पणी आइरहेको छ ।

‘केपी ओली नागार्जुन (पूर्वराजा) र राप्रपासँग गठबन्धनका लागि धाइरहेका छन् । आगामी चुनावमा ओलीले पनि राजावादीसँग गठवन्धन गर्दैछन्, गरेनन् भने म दुइटै त भन्दिनँ मेरो एउटा कान चाहिँ काटेर फाल्दिन्छु ’ उनले भने । 

बाम दलहरुविच गठवन्धन हुन सक्ने भन्दै उनले एमालेसँग भने एकिकृत समाजवादी मात्र नभै अहिलेको ५ दलीय गठवन्धनका कुनै पनि दलले सहकार्य नगर्ने दावी गरे । ‘सक्दाखेरि गठबन्धन गरेको राम्रो, तर सबै स्थानीय तहमा सकिन्न । उप महानगर र महानगरमा भने गठबन्धन गरेर जाँदा सहज हुन सक्छ’, उनले भने । 

कांग्रेससँग चुनावी गठबन्धन नभएमा जनमोर्चा, माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुबीच वाम गठबन्धन हुन सक्ने उनले बताए । 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार १९:३०   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।