Logo

प्रमुख समाचार

एसको बैठक : कांग्रेस एक्लै हिँड्यो भने १५५ सिट, गठबन्धनमा ७० सिटमात्र जित्ने रिपोर्ट गरेछन् !



सत्ता गठबन्धनको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादीले स्थानीय र सबै तहका चुनावमा तालमेल गर्नुपर्नेमा जोड दिएको छ ।

बैठकमा कांग्रेसभित्र चुनावमा एक्लै लड्ने मत राख्ने नेताहरूलाई समेत मनाएर चुनावमा सत्ता गठबन्धनलाई लैजानुपर्नेमा नेताहरूले जोड दिएका छन् । गठबन्धन गर्दा भन्दा नगर्दा फाइदा हुने केही कांग्रेस नेताको अनुसन्धान आफूले थाहा पाएको सम्मानित नेता झलनाथ खनालले बैठकमा ब्रिफिङ गरेका छन् ।

खनालले बैठकमा भने– ‘कांग्रेसमा दुई धार छ । गगन थापाहरू एक्लै जानुपर्छ भन्नेमा छन् । उनीहरूले अनुसन्धान गरेका रहेछन् । कांग्रेस एक्लै हिँड्यो भने १५५ सिट र गठबन्धनमा जाँदा ७० सिटमात्र जित्ने भन्ने रहेछ । ‘

माधवले बैठकमा भने– ‘सकेसम्म गठबन्धन सबै ठाउँमा मिल्ने हो । नत्र जति ठाउँमा मिल्न सकिन्छ मिलेर जाने । अरुको पोजिसन पनि जानकारी राख्ने मुल्यांकन गर्ने । केही पार्टीलाई हामी नै जित्छौं भन्ने भ्रम छ,त्यो भ्रम तोड्नुपर्छ ।’

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार १९:५९   :  बजे

840
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।