Logo

मनोरञ्जन

जनकपुरधाममा आज होली मनाईँदै



जनकपुरधाम । मधेश प्रदेशसहित मुलुकको विभिन्न स्थानमा शुक्रबार नै होली पर्व मनाइए पनि मिथिला क्षेत्र (जनकपुर)मा भने आज शनिबार धुमधामका साथ होली पर्व बनाईदैछ ।  

जनकपुरसहित यस क्षेत्रमा १५ दिने मध्यमिकी परिक्रमा सम्पन्न भएको भोलिपल्ट मात्रै होली पर्व मनाउने चलन छ । हिजो शुक्रबार परिक्रमा सम्पन्नभएपछि आज यहाँ एक दिन ढिलो होली पर्व मनाइएको हो । 

होली पर्वको अवसरमा जनकपुरधामका विभिन्न चोकमा युवाहरूले मटका फोर कार्यक्रम आयोजना गरेका छन् । जनकपुरधामको राम चोक, जानकी चोकमा मट्का फोर कार्यक्रम गरीरहेका छन् । रंग अबिरको यो पर्वमा एकअपसमा रंग लगाइन्छ । 

होली पर्वको अवसरमा जनकपुरधामा देखिएका झलक । 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार १३:४०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।