Logo

प्रमुख समाचार

ग्रीन भेन्चर कम्पनीको आईपियो निष्कासन



ग्रीन भेन्चर कम्पनीले ३१ लाख कित्ता आईपीओ (प्राथामिक शेयर) निष्कासन गरेको छ । आजबाट आवेदन दिन सक्ने व्यवस्था गर्दै कम्पनीले १ सय रुपैयाँ अंकित दरका ३१ लाख २५ हजार कित्ता शेयर जारी गरेको हो । 

जसमा सर्वसाधारणले भने २८ लाख ७५ हजार कित्ता शेयरमा आवेदन दिन पाउनेछन् । यो बाहेक ९३ हजार ७ सय ५० कित्ता शेयर कम्पनीका कर्मचारीले र १ लाख ५३ हजार २ सय ५० कित्ता शेयर सामूहिक लगानी कोष कम्पनीहरूले पाउने छन् । 

कम्पनीको सेयरमा कम्तीमा १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । लगानीकर्ताले आईपीओमा २२ चैतसम्म आवेदन दिन पाउने छन् । 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलवार १२:२५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।