Logo

प्रमुख समाचार

शिक्षामा राजनीति गलत : कांग्रेस नेता सिंह 



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले यसको विकास हुन नसकेको बताएका छन् । काठमाडौंस्थित कन्या मन्दिर माध्यमिक विद्यालयको  ७५औँ वार्षिकोत्सव (हीरक जयन्ती)समारोहमा उनले यस्तो बताएका हुन् । 

उनले राजनीति राजनैतिक क्षेत्रमा मात्र गर्नुपर्ने सबै दलहरूलाई सुझाव दिए । उनले भने, ‘शिक्षा क्षेत्र सबैभन्दा महत्वपुर्ण क्षेत्र हो, यसमा नारा दिएर मात्रै सुधार हुँदैन, मौका पाउँदा काम गरेर देखाउनु पर्छ । शिक्षा क्षेत्रमा चरम राजनीतिकरण छ । अब नागरिकले चाहेको जस्तो सुधारको खाँचो छ ।’

संविधानले उल्लेख गरे जस्तै आधारभुत स्वास्थ्य र गुणस्तरीय शिक्षामा सबै नागरिकको समान पहुँच पुग्न नसकेकाले अब यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार १४:४४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।