Logo

प्रमुख समाचार

कमल थापाको राप्रपा नेपाल हिन्दू राष्ट्रको एजेण्डा लिएर चुनावमा जाने



राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्रको एजेण्डा लिएर जनतामाझ जाने बताएका छन् ।

वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले अब नेपालमा राजसंस्था पूनःस्थापनको सम्भावना नरहेको बताए । त्यही भएर पार्टीले हिन्दू राष्ट्रको एजेण्डा लिएर जनतामा माझ जाने उनले प्रस्ट्याए ।

नेपालका ९४ प्रतिशत जनता हिन्दू रहेको र हिन्दू राष्ट्रकै एजेण्डाले राप्रपा नेपाललाई मुलुकको शक्तिशाली राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने जिकिर गरे । भारतमा भारतीय जनता पार्टीले हिन्दू धर्मकै एजेण्डा बोकेका कारण अहिले सबैभन्दा ठूलो शक्ति बनेर शासन सत्ता चलाइरहेको उदाहरण दिँदै उनले भने, ‘नेपालमा पनि अब राप्रपा नेपालले हिन्दू राष्ट्रको एजेण्डा लिएर शक्तिशाली शक्ति बन्नेछ ।

२०७० सालको निर्वाचनमा तेस्रो शक्तिका रुपमा राप्रपा नेपाल स्थापित भएपनि पार्टीलाई अझ ठूलो बनाउने महत्वकांक्षा राखेर गलत प्रवृतिसँग गलत सम्झौता गरेका कारण २०७४ को निर्वाचनमा पार्टीले ठूलो पराजय व्यवहोरेको उनले स्वीकारे ।

‘त्यसबेला हामीले गलत प्रवृतिसँग सम्झौता गर्‍यौं । राजनीतिक बाटो विरायौं । त्यसैले ७४ को निर्वाचनमा पराजय भोग्यौं । त्यस बेलाको गल्ती म सहर्ष स्वीकार्छु, उनले भने ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार १९:३८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।