Logo

राजनीति

उपत्यकामा दिउँसोको समय सरकारी गाडी चल्न नपाउने



काठमाडौं उपत्यकाको तीन जिल्लका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेको छ ।

मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सरकारी सवारीसाधनलाई दिउँसोको समय चल्न नदिने निर्णय गरेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले अनलाइनपानासँग भने, ‘अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।’

प्रशासनले निर्माणका कार्यका सवारीसाधन पनि सञ्चालनमा रोक लगाएको हो । मंगलबार चौथो पटक निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । 

फाइल तस्विर

 

प्रकाशित मिति : जेष्ठ ११, २०७८ मंगलबार  ५ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।