Logo

राजनीति

राजधानी सारेको विरोधमा तरुण र नेविसंघद्वारा बुटवलमा प्रदर्शन



नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदेश ५ को राजधानी बुटवलबाट नसार्न माग गर्दै प्रदर्शन गरेका छन् । नेविसंघ र तरुण दलका कार्यकर्ताले शुक्रबार बुटवलमा प्रदर्शन गरेका हुन् । उनीहरूले प्रदेश राजधानी दाङको भालुबाङ सार्न पाइँदैन भन्दै नारावाजी समेत गरेका छन् ।

प्रदर्शनकारीले सडकमा टायर समेत बालेका छन् । उनीहरूले प्रदेश सरकारविरुद्ध नारावाजी गरेका थिए ।प्रदेश सरकारले शुक्रबार प्रदेश ५ को राजधानी लुम्बिनी र स्थायी राजधानी दाङको भालुबाङ बनाउने निर्णय गरेको थियो ।

सो निर्णय प्रदेश सभामा समेत पेश भइसकेको छ । सम्भवत आगामी सोमबारको प्रदेश सभाबाट राजधानी र नाममा निर्णय हुनेछ ।

किन पल्टियो सुजाता कोइरालाको अभिव्यक्ति ?

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेता रामचन्द्र पौडेल समूहविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर विभिन्न चर्चा र विश्लेषणहरू शुरु भएका छन् । एउटा टेलिभिजनसँगको आन्तर्वार्तामा नेतृ कोइरालाले नेता पौडेलले सीमित नेताहरूलाई काखी च्यापेर गुटको राजनीति गरेको आरोप लगाएकी थिइन् । उनले यस्ता गतिविधिले कांग्रेसलाई फाइदा नहुने समेत बताएकी थिइन् ।

वरिष्ठ नेता पौडेलको गतिविधिबाट असन्तुष्ट नेतृ कोइरालाले सभापति शेरबहादुर देउवाको क्याम्पमा प्रवेश गर्न लागेको भनेर चर्चा समेत शुरु भएको छ । स्रोतका अनुसार नेतृ कोइरालाले कांग्रेसको परराष्ट्र विभागको संयोजक पाउन लागेको चर्चा पनि छ । त्यति मात्रै होइन उनले नेता गोपालमान श्रेष्ठमार्फत सभापति देउवासँग निकटको सम्बन्ध बनाएको चर्चा हुन थालेको छ । हुन त डा।नारायण खड्काले पनि यो विभाग तोकेका छन् ।

नेतृ कोइरालाको अभिव्यक्तिले पौडेल समूहभित्र खैलाबैला मच्चिएको छ । देउवा समूहलाई भने राहत मिलेको छ । नेतृ कोइरालाको भावी रणनीति के हुन्छ भन्नेबारे केही नभनिए पनि देउवासँग निकट भएको सन्देश अन्तर्वार्ताले दिएको छ ।

प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार  १ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।