Logo

प्रमुख समाचार

राप्रपाले कुनै पनि दलसँग गठबन्धन नगर्ने



निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्य कुनै पनि दलसँग गठबन्धन नगर्ने भएको छ ।

सो पार्टीले देशैभरका सबै स्थानीय तहमा उम्मेद्ववार उठाउने तयारी गरिरहेको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले एक पत्रकार सम्मेलनमा जानकारी दिए ।

अघिल्लो स्थानीय तह निर्वाचनमा करिब ४० प्रतिशत मात्रै उम्मेदवार उठाउन सकेको सो पार्टीले झापा र मकवानपुर लगायतका केही जिल्लाका स्थानीय तहका केही गाउँपालिकाहरुमा मात्रै सफलता पाएको थियो । तर आउँदो जेठ ३० गते हुने निर्वाचनमा भने सबै गाउँ तथा नगपालिका लगायतका क्षेत्रमा उम्मेदवार उठाउने तयारी गरेको हो ।

सो सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले स्थानीय निर्वाचनमा सुशासनको मुद्दालाई मूल विषय बनाए । उहाँले त्यसपछि हुने प्रदेश र संघीय चुनावमा अन्य दलहरुसँग तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा निक्र्यौल गरिने बताए ।

अध्यक्ष लिङ्देनले सो पार्टीले आयोजना गरेको सभालाई गाईघाटमा आज दिउँसो सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँसँगै पूर्वमन्त्री हरिबहादुर बस्नेत र प्रवक्ता तोकिएका ज्ञानेन्द्र शाही जस्ता नेताहरुले सभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आईतवार ०९:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।