Logo

राजनीति

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच दुई घण्टा छलफल



राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधवार साँझ शितलनिवासमा दुई घण्टा छलफल भएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच साँझ ६ बजेदेखि राति साढे ८ बजेसम्म छलफल भएको शितलनिवास स्रोतले जनाएको छ ।

हालै गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको र जेठ १५ गते बजेट ल्याउने मिति नजिकिँदै गर्दा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।

प्रकाशित मिति : जेष्ठ १२, २०७८ बुधबार  ९ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।