Logo

राजनीति

संविधानमाथिको हस्तक्षेपलाई अदालतले रोक्छ : देउवा



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेको आरोप लगाएका छन् । 

बिहीबार प्रेस युनियनको स्थापना दिवसका अवसरमा आयोजित भर्चुअल संवाद कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालतले न्याय दिनेमा आफूहरू विश्ववस्त रहेको बताए। संविधानमाथिको हस्तक्षेपलाई अदालतले रोक्ने उनको भनाइृ थियो। 

उनले राष्ट्रपतिको आह्वानपछि प्रधानमन्त्रीमा दुवै पक्षको दाबी परेपछि छलफलका लागि बोलाउनुपर्नेमा मध्यरातमा संसद् विघटन गरेको भन्दै चर्को आलोचना गरे। प्रधानमन्त्रीले भन्दैमा यो राष्ट्रपतिले मान्ने विषय नभएको देउवाको भनाइ छ। 

कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (५) राम्रोसँग अध्ययन गर्न सुझाव समेत दिएका छन् । 

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहीबार १२:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।