Logo

राजनीति

संविधानविद् डा. भिमार्जुन आर्चायले भने – प्रधानमन्त्री र राष्ट्रपतिले गरेको अपराध मान्छे मारेकोभन्दा ठूलो



काठमाडौं । संविधानविद् डा. भीमार्जनु आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिले मान्छे मारेकोभन्दा ठूलो अपराध गरेको बताएका छन् । सभामुखसँगको छलफलमा बिहीबार संविधानविद् डा. आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीले गरेको अपराधको नियत नै खराब राखेर गरिएको पाइएको छ । 

उनले भने, ” प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो जघन्य अपराध हुँदा पनि संसद् मुकदर्शक भयो । मान्छे मारेको भन्दा ठूलो अपराध हो यो ।”

उनले प्रधानमन्त्रीको तिकडम रोक्न संसद्ले नसकेको आरोप लगाएका छन् । उनले थपे, “प्रधानमन्त्री एउटै कार्यकालमा सबै धाराअनुसार प्रधानमन्त्री हुने ? शपथको दृष्य भद्दा गरियो । विश्वासको मत प्राप्त गर्न नसकेमा मात्रै ५ मा जाने हो । राजीनामा नगरि, पदुमक्त नभइ फेरि प्रधानमन्त्रीमा दाबी गर्नु गम्भीर  नियतमाथि खोट थियो ।”

राष्ट्रपति र प्रधानमन्त्रीले शुक्रबार मध्यराति संसद् विघटन गरेपछि यसको चर्को विरोध र आलोचना भइरहेको छ । सरकारले कोरोना महामारी नियन्त्रणमा ध्यान दिनुको साटो राजनीतिक संकट निम्त्याउने काम गरेको भन्दै सरकारको आलोचना भइरहेको छ । 

राष्ट्रपति र प्रधानमन्त्रीले संसद् विघटन गरेको भन्दै सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले सहित ३० वटा मुद्दा दर्ता भएका छन् । उक्त मुद्दाको सुनुवाई शुक्रबार संवैधानिक इजलासमा हुने भएको छ ।

प्रकाशित मिति : जेष्ठ १३, २०७८ बिहीबार  ६ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।