Logo

कास्कीमा एक साताका लागि निषेधाज्ञा थप



पोखरा । कास्कीमा निषेधाज्ञाको समयावधि थप गरिएको छ । जेठ १४ गते राती १२ बजेदेखि लागू हुने गरि २१ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरिएको हो ।

बिहीबार बसेको कोभिड व्यवस्थापन केन्द्रको बैठकले कोभिड महामारिको चेन ब्रेक गर्न निषेधाज्ञाको समयावधि थपिएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवामा हिडेका कर्मचारीलाई बिहान ९ बजेदेखि १० बजे भित्रमा मात्रै हिडडुल गर्न पाइने बताएको छ । काम सकेपछि ५ बजेदेखि ६ बजेभित्रै घर फर्किनुपर्ने सूचनामा उल्लेख छ ।

यस्तै, अत्यावश्यक खाद्य सामग्री किन्न बिहान ५ बजेदेखि ९ बजेसम्म खुला रहने भएको छ । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स यो समयमा खोल्न पाइने छ । खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता देनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्न पाउने छन् । तर, सवारीसाधन प्रयोग गर्न पाइने छैन ।

सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् । सार्वजनिक एवम् निजी सवारी साधन जेठ ७ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बढीमा २ जना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।FB_IMG_16221238543912931.jpg

kaski.jpg

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ८ : ५६ बजे