Logo

प्रमुख समाचार

कानुनमन्त्री गोविन्द बन्दीद्वारा पदभार ग्रहण



काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले पदभार ग्रहण गरेका छन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा नियुक्त गरे लगत्तै उनले पदभार ग्रहण गरेका हुन् । शीतल निवासमा दिउँसो २ बजे शपथ लिएर उनी पदभार ग्रहणका लागि सिंहदरबार पुगेका थिए ।

सरकारले कोइरालालाई कानुन मन्त्रीमा नियुक्त गरेसँगै नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएको छ । यसअघि कानुन मन्त्रालय सम्हाल्दै आएका बडूलाई प्रधानमन्त्री देउवाले सम्हाल्दै आएको वाणिज्य मन्त्रालयका जिम्मेवारी दिइएको हो ।

गोविन्द बन्दी मन्त्रि बनेपछि बेदुराम भुसालले यसो भने !

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार १६:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।