Logo

प्रमुख समाचार

केपी ओली र कमल थापा मिल्न लागेपछि भीम रावलको यस्तो ब्यङ्ग्य !



एमाले नेता भीमबहादुर रावलले राप्रपा अध्यक्ष कमल थापाले सूर्य चिन्हबाट चुनाव लड्न सक्ने अभिव्यक्ति दिएकामा आपत्ति जनाएका छन् ।

रावलले थापाप्रति व्यङ्ग्य गर्दै देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको दल ‘रामाले’ उत्पन्न हुन लागेको बताए । ‘राप्रपा थापाले एमालेको सूर्य चिन्ह आगामी चुनाउमा दुई दलको साझा चिन्ह हुनसक्ने र कुरा भइरहेको भनेका छन् ।

उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त ?’ सामाजिक सञ्जालमा रावलले लेखेका छन्, ‘धन्य हो छेपारो राजनीतिको करामत । समाजवाद उन्मुख गणतन्त्र छिट्टै साकार हुन्छ कि क्या हो ?’

थापाले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा आगामी निर्वाचनमा पार्टी एमालेको चुनाव चिन्ह लिएर जनतामा जान सक्ने सम्भावना रहेको बताएका थिए । उनले स्थानीय तहमा चुनावी तालमेलबारे एमाले नेतृत्वसँग सकारात्मक कुराकानी भइरहेको बताए ।

एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष थापाबीच हिन्दू धर्मलगायत कतिपय विषयमा वैचारिक मतैक्यता छ । २०७४ को आम निर्वाचनमा बाम गठबन्धन गरे पनि ओलीले झापामा आफ्नो जित सुनिश्चितताका लागि राप्रपासँग तालमेल गरेका थिए ।

प्रकाशित मिति : चैत्र २६, २०७८ शनिबार  १२ : ५५ बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।