Logo

राजनीति

गृहले भन्यो – स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेमाथि कारबाही सुरु भइसक्‍यो 



बाँकेको भेरी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई नियन्त्रणमा लिएर कारबाही सुरु भइसकेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “भेरी अस्पतालमा भएको उक्त घटनामा संलग्‍न व्यक्तिहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको कार्य प्रारम्भ भइसकेको छ ।” 

गृहले यस किसिमका घटनाहरु हुन नदिन, दोषीलाई कानुन बमोजिम काबाही गर्न र स्वास्थ्यकर्मीहरुको सुरक्षामा विशेष ध्यान पुर्‍याउ सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्नेदशनसमेत दिइसकिएकोले आगामी दिनमा उपचारमा संलग्‍न स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाको भरपर्दो सुरक्षा प्रत्याभूति र स्वास्थ्यकर्मीको मनोबल बढाउने कुरामा मन्त्रालय गम्भीरताका साथ लागेको जनाएको छ । 

गृह प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो ।”

बिहीबार राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो, घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परिसकेका छन् । बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ । उनीहरु तिनैजना पक्राउ परेको प्रहरीले जनाएको छ, अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ ।

गृह प्रवक्ता दाहालका अनुसार घटनाको छाबिनका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिति पनि बनाइएको छ । चिकित्सकमाथि आक्रमण गर्ने समूहलाई कारबाहीको माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । अस्पताल परिसरमा भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार १४:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।