Logo

मनोरञ्जन

‘रेशमैको डोरी’मा उषा र बिक्रम



काठमाडौं । गायक निमा शेर्पाको स्वर रहेको  रेशमैको डोरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा टिकटकबाट चम्किएकी सुन्दरी मोडल उषा उप्रेती र  मोडल बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । 

गीतकार तथा संगीतकार सिएल शर्माका शब्द तथा संगीत सृजना रहेको गीतको भिडियोमा एक प्रेमील जोडीलेहाँशीखुशी एकसाथ जिन्दगी बिताउने विश्वास लिएको कुरालाई निर्देशक  बिक्रम चौहानले कलात्मक शैलीमा तयार पारेका छन् ।  

शाहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन लक्ष्मन चौहानले गरेका हुन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार १९:४५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।