Logo

राजनीति

सुदू्रपश्‍चिमका तीन मन्त्रीलाई कारबाही, एमालेको साधारण सदस्यबाट निष्कासन



धनगढी । नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै तीन जना मन्त्रीलाई कारबाही गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई एमालेले शुक्रबार साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिई माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए ।

निष्कासित हुनेमा संसदीय दलका नेता समेत रहेका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्ट छन् । 

उनीहरुले थापाले बिहीबार २४ घण्टाको अल्टिमेटम दिँदै स्पष्टिकरण सोधेका थिए । उक्त स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै तीनै जनालाई शुक्रबार कारबाही गरिएको हो ।

कर्ण थापालाई मन्त्रीको प्रतिप्रश्‍न – हुँदै नभएको अध्यक्ष र सचिवको नाममा प्रेषित पत्रको आधिकारिता के हो ? (स्पष्टिकरण पत्रसहित)

 

प्रकाशित मिति : जेष्ठ १४, २०७८ शुक्रबार  ७ : २३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।