अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो पहिलो वार्षिक बजेट सार्वजनिक गरेका छन । बाइडेनले ६ ट्रिलियन डलर अर्थात ४.२ ट्रिलियन पाउन्ड बराबरको बजेट सार्वजनिक गरेका छन् । बाइडेनको बजेटमा खर्च योजना अन्र्तगत धनी अमेरिकीहरूका लागि ठूलो कर बृद्धि गरिएको छ।
बजेट प्रस्तावमा नयाँ सामाजिक कार्यक्रम र जलवायु परिवर्तनको बिरूद्ध लडाईमा लगानी गर्ने कुरा समावेश गरिएको छ ।
तर यसलाई पास गर्न कांग्रेसको स्वीकृति चाहिन्छ, जहाँ रिपब्लिकन सिनेटका लिन्डसे ग्राहमले यसलाई अत्यन्त महँगो भनेर निन्दा गरेका छन् ।
योजना अन्तर्गत, अमेरिकाको ऋण जीडीपीको ११७ प्रतिशत पुग्नेछ, जुन दोस्रो विश्वयुद्धको समयको भन्दापनि बढी हो ।
यसको लागि कर्पोरेश्न, क्यापीटल गेन ट्याक्स, धेरै कमाउनेलाई धेरै कर लगाउने शुत्र उनले सुझाएका हुन् ।
रिपब्लिकन पार्टीका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रत्येक वर्ष घाटा ब्योहोरेरै पद सम्हालेका थिए परिणामस्वरुप उनको अन्तिम वार्षिक खर्च प्रस्ताव ४.८ ट्रिलियन डलरको हुन पुग्यो ।
बाइडेन बजेटले पेन्टागन र अन्य सरकारी विभागहरूको खर्चका लागि १.५ ट्रिलियन डलर समावेश गरेको छ । यसमा उनले पहिले नै सार्वजनिक गरेका दुई योजनाहरू पनि समावेश गरेका छन् । २.३ डलर बराबरको रोजगार योजना र १.५ ट्रिलियन डलर बराबरको पारिवारिक योजना ।
एक प्रजातान्त्रिकका अनुसार, ‘उनको बजेटले अमेरिकी जनतामा सीधा लगानी गर्छ र यसले हाम्रो देशको अर्थव्यवस्था सुदृढ पार्छ र हाम्रो दीर्घकालीन आर्थिक अवस्था सुधार गर्नेछ।’
बाइडेन बजेटका मुख्य हाइलाईट्सहरु :
जलवायु परिवर्तन विरुद्ध लडाईका लागि ८ सय विलियन डलर भन्दा बढी खर्च गर्ने (स्वच्छ ऊर्जामा लगानी सहित)
दुई सय विलियन डलर सबै तीन र चार बर्षेका बच्चाहरु को लागी निशुल्क पूर्व स्कूल स्थानहरु प्रदान गर्ने
सबै अमेरिकीहरूका लागि दुई वर्ष निःशुल्क समुदाय कलेज सुबिधाको लागि एक सय ९ विलियन डलर
२ सय २५ विलियन डलर राष्ट्रिय भुक्तानी परिवार र मेडिकल छुट्टी कार्यक्रम को लागी (अमेरिका तुलनात्मक धनी राष्ट्रहरु को दाँजोमा ल्याउन)
एक सय १५ विलियन डलर सडक र पुलहरूको लागि छुटइएको छ भने एक सय ६० विलियन डलर सार्वजनिक ट्रान्जिट र रेलवेहरूको लागि छुटइएको छ ।
एक सय विलियन डलर प्रत्येक अमेरिकी घर को लागी ब्रॉडबैंड इन्टरनेटको सुधार गर्न छुटइएको छ ।
(बिबिसिको सहयोगमा)





















प्रतिक्रिया