नेपालमा पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गरेकामध्ये ४ हजार ३११ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै १७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
पछिल्लो २४ घण्टामा १४ हजार ७५२ जनाको नमूना परीक्षण गरिएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ८० जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । योसँगै ४ लाख ३४ हजार ७ सय ५० कोरोनामुक्त भएका छन् । त्यस्तै यस अवधिमा ११६ जनाको मृत्यु भएको छ ।
नेपालमा ५ लाख ५३ हजार ४ सय २२ संक्रमित थपिएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार १६१ पुगेको छ ।
हालसम्म कोरोनाबाट निको हुनेको दर ७८.६ प्रतिशत रहेको छ।




















प्रतिक्रिया