Logo

प्रमुख समाचार

भरतपुर मेयरमा प्रचण्डपुत्री रेणु दाहाल पराजय र एमाले उम्मेदवार सुवेदी बिजयी हुने यस्ता छन् कारण !



काठमाडौं । गठबन्धनले स्थानीय तहका उम्मेदवार तयार पार्ने ढाँचाअनुसार चितवनको भरतपुर महानगरपालिकामा माओवादीले मेयरको उम्मेदवार पाउने निश्चित भएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादीबाट छोरी रेणु दाहाललाई फेरि उम्मेदवार बनाउँदैछन् । तर यस पटक भने रेणु जित्ने आधार नेपाली कांग्रेसकै समर्थन नरहने स्पष्ट भएको छ ।

भरतपुरका २९ वडाका कांग्रेस सभापतिले संयुक्त रुपमा महानगरमा माओवादीलाई सहयोग गर्न नसकिने, वडाहरूमा केन्द्रको निर्देशनविपरित नै उम्मेदवारी दिने संयुक्त निर्णय रेणु दाहालका लागि चुनौति बनेको छ ।

त्यहाँमाथि चितवन कांग्रेसले पनि समर्थन नगर्ने बताइसकेको छ । कांग्रेसको समर्थन विना रेणुलाई जित्न कठिन हुने प्रक्षेपण स्वभाविक त हो नै अर्कोचाहिँ एमालेका उम्मेदवार बलियो हुनु पनि हो ।

अघिल्लो पटक गठबन्धन गर्दा पनि एमालेका उम्मेदवार देवी ज्ञवालीले कडा टक्कर मात्र दिएनन् । मत गणनामा विवाद भएपछि वाइसीएलका कार्यकर्ताले मतपत्र च्यातेका थिए। अदालतमा मुद्दा जितेर रेणु मेयरमा निर्वाचित भएकी थिइन् ।

‘विकासको एजेन्डा लिएर रेणु फेरि मेयरमा उठ्न खोजेकी छन् । तर, भरतपुरवासीले उनलाई कति पत्याउँछन्रु कांग्रेसको जनमत भएको ठाउँमा उनलाई मत नजाने निश्चित छ’, एक नेता भन्छन् ।

एमालेले सर्वसम्मत रुपमा यस पटक लोकप्रिय नेतालाई मेयरका लागि तयार पारेको छ। एमालेका प्रदेश सांसद समेत रहेका अनुभवी पार्टी नेता बिजय सुवेदीलाई मेयरको उम्मेदावर बनाइएको छ ।

रेणुलाई पराजय गर्न सक्ने उनीसँग पर्याप्त कारण रहेका छन् । सुवेदी एमाले चितवनको दुई कार्यकाल पार्टी प्रमुख भइसकेका हुन् । सुवेदी भरतपुर महानगरभित्र पर्ने चितवन क्षेत्र नं २ (ख) बाट बागमती प्रदेशसभामा छन् ।

सुवेदी भरतपुर महानगरपालिका–१२ का स्थायी बासिन्दा हुन्। भरतपुर अस्पताल विकास समितिको अध्यक्ष हुँदा गरेका सामाजिक काममा स्थानीय जनताले उनलाई पत्याउने गरेका छन् । ‘प्रदेश सभामा जित निकाल्नु भएको थियो । बहुमत जनताले उहाँका कामको प्रशंशा गर्छन्’, स्थानीय भन्छन्,‘एमालेको बलियो जनमत र गठबन्धनको विभाजित अवस्थाबीच सुवेदीको जित सहज हुने देखिन्छ ।’

प्रकाशित मिति : चैत्र ३०, २०७८ बुधबार  ५ : ०४ बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।