Logo

राजनीति

माधव समूहका नेतालाई कारबाही गर्न बोलाइएको एमाले स्थायी कमिटी बैठक स्थगित 



नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित गरिएको छ । माधव कुमार नेपाल समूहका नेताहरुलाई कारबाही गर्ने एजेण्डासहित बोलाइएको एमालेको बैठक एकाएक स्थगित गरेको हो । 

यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार ५ बजेका लागि बैठक बोलाउन महासचिव इश्‍वर पोखरेललाई निर्देशन दिएका थिए । महासचिव पोखरेलले शनिबार सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेट र पार्टीको आन्तरिक राजनीतिबाट छलफल गर्नुपर्ने भन्दै बैठक बोलाएका थिए । 

तर, उनले फेरि बैठक स्थगित भएको र सोमबार बिहान १० बजे बस्‍ने भन्दै सूचना प्राप्त भएको एमालेका स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले जानकारी दिएका छन् । 

यसअघि नेकपा एमालेको स्थायी कमिटी बैठकले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरुलाई साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेको थियो । त्यससँगै एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टिकरण माग गरेको थियो । 

 

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार १५:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।