काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत वैशाख २ र ३ गते बुटवल र भरतपुरमा आफ्नो सेवा प्रदान गर्ने एजेन्टहरुका लागि एक–एकदिने एजेन्ट भेटघाट र एएमएल÷सीएफटी तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बुटवल र भरतपुरबाट उल्लेखनीय सहभागिता थियो । कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डनलगायत व्यवस्थापन समूहको उपस्थिति थियो ।
विगतको समीक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरी यस वर्षको बुटवल र भरतपुरको एजेन्ट मिट कार्यक्रम सम्पन्न गरिएको थियो ।
सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै ‘जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस’ भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।





















प्रतिक्रिया