Logo

राजनीति

राष्ट्रियसभा उपनिर्वाचनमा कति जनप्रतिनिधि अनुपस्थित ?



लुम्बिनी प्रदेशमा रिक्त एक सिटका लागि भएको राष्ट्रिय सभा उपनिर्वाचन सकिएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा केही बेरअघि सकिएको हो ।

३ सय मतदाता रहेकोमा २९७ जनप्रतिनिधि मतदान गरेका छन् । तीन जनप्रतिनिधि भने अनुपस्थित रहे ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ७२ र पुरुष १०८ जनाले मतदान गरेका थिए । यस्तै प्रदेशतर्फको मतदान केन्द्रमा महिला ३० र पुरुष ५० जनाले मतदान गरे । यस्तै कोभिड संक्रमितका लागि व्यवस्था गरिएको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीयतर्फका २४ जनप्रतिनिधिले मतदान गरे ।

मतदानमा अनुपस्थित हुनेहरू स्थानीय तहका जनप्रतिनिधि हुन् । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक साह र गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापाले मतदानमा भाग लिएनन् । 

राणाले सार्वजनिक रुपमै मतदान बहिस्कार गरेका थिए । तर, साह र थापा भने बिरामी भएकाले बाहिर रहेकाले निर्वाचनमा सहभागी हुन पाएनन् ।

मतदान सकिएसँगै केहीबेरमा मतगणना सुरु हुनेछ भने नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । मतगणना अर्चुअल माध्यमबाट सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १५:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।