Logo

राजनीति

विवादित न्यायाधीशले इजलास छोड्न मानेनन्, कार्की र भट्टराई छाड्ने मनस्थितिमा



संसद् विघटनसम्बन्धी मुद्दाको छिनोफानो गर्न बनेको संवैधानिक इजलासका दुई न्यायाधीशले इजलास छाड्ने मनस्थिति बनाएको पाइएको छ। 

विवादित न्यायाधीशद्वोय तेजबहादुर केसी र बमबहादुर श्रेष्ठले इजलास छाड्न अस्वीकार गरेसँगै दीपककुमार कार्की र आनन्दमोहन श्रेष्ठले इजलास छाड्ने विषयमा छलफलका लागि सर्वोच्चमा बैठक बस्ने तयारी गरेको स्रोतले जनाएको छ ।

निषेधाज्ञाका कारण पेसी तोकिएका न्यायाधीशहरूलाई मात्र अदालतमा आउने निर्देशन दिइएको छ । तर, सोमबार सबै न्यायाधीशहरू आआफ्नो कार्यकक्षमा छन् ।

कार्की र भट्टराईले इजलास छोड्ने चर्चा चलेसँगै प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा अप्ठ्यारोमा परेका छन् ।

विगतका विवादास्पद फैसलाका कारण केसी र श्रेष्ठ संवैधानिक इजलासमा बस्नु शोभनीय नहुने प्रश्न बहसकर्ता न्यायाधीशहरूले उठाइरहेका थिए ।

प्रधानन्यायाधीश राणाले यसको छलफल गर्ने जिम्मा न्यायाधीशद्वय केसी र श्रेष्ठलाई नै दिए पनि उनीहरूले कुनै निर्णय गर्न सकेका छैनन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १५:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।