Logo

शिक्षा

सिरहाबाट १० हजार ६ सय ४० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै



सिरहा । कोरोना भाइरस महामारीका कारण पछिल्लो दुई वर्ष देखि हुन नसकेको एसईई परीक्षा यस वर्ष आगमी वैशाख ९ गते शुक्रबारदेखि  सञ्चालन हुने भएको छ। यसपालिको एसईई पहिलाकै जस्तो  सामान्य अवस्थामा सुरु गर्न लागेको हो । 

एसईई परीक्षामा सिराहा जिल्लाबाट  १० हजार ६ सय ४० जनासमेत गरि देशभरबाट ५ लाख १४ हजार ७ सय ६० जना छात्र–छात्रा  सहभागी  हुने भएका छन् । 

सिराहा जिल्लामा जम्मा एक सय ६२ विद्यालयका विद्यार्थीको लागि ४० परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय ईकाई सिरहाका प्रमुख रामवृक्ष महतोले जानकारी दिए । 

प्राविधिक धार तर्फका सवै विद्यार्थीको परीक्षा सदरमुकाम सिरहाको बालमन्दिर विद्यालयमा हुने  समन्वय ईकाई प्रमुख महतोले जनाए ।
अघिल्लो २ वर्ष सम्म ग्रेड वृद्धिको लागि छुट्टै परीक्षा केन्द्र सञ्चालन गरेपनि यो पटक सवैलाई एकैठाउँमा राखेर परीक्षा लिने भएको छ । 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार २१:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।