Logo

राजनीति

एमालेलाई पराजित गर्ने कांग्रेस नेता पाण्डे को हुन् ?



लुम्बिनी प्रदेशमा सोमबार सम्पन्न राष्ट्रिय सभा उपनिर्वाचनमा सत्तारुढ दल एमालेलाई झट्का लागेको छ । विपक्षी दलको गठबन्धनबाट उम्मेद्‍वार बनेका कांग्रेस नेता दृगनारायण पाण्डे निर्वाचित भएसँगै एमालेलाई झड्का लागेको हो।

विपक्षि गठबन्धनसँग एमालेका चन्द्रबहादुर खड्का पराजित भएका छन् । पाण्डेले ४ हजार १४० मतभार पाउँदा खड्काले ३ हजार ६१२ मतभारमा चित्त बुझाउनुपर्‍यो । पाण्डेलाई नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा साथ थियो ।

जम्मा ३०० मतदाता रहेको लुम्बिनीमा २९७ मत खसेको थियो । तीन स्थानीय तहका प्रमुखले भने मतदानमा भाग लिएनन् । यसअघि माओवादी केन्द्रको तर्फबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि उपनिर्वाचन भएको हो। एमालेले खड्कालाई नै पुन: उम्मेद्‌वार बनाएको थियो।

पाण्डे भने यसअघि एमालेबाट लुम्बिनीको प्रदेश सभा सदस्य थिए । उनी १९ वैशाखमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए । 

मुख्यमन्त्री शंकर पोखरेलाई समर्थन गर्नुपर्ने अवस्था आएपछि उनले सांसद पदबाट राजीनामा दिएका थिए ।

पाण्डे २०७४ मा भएको प्रदेश सभा निर्वाचनमा हृदेश त्रिपाठी समूहबाट सूर्य चिन्ह लिएर कपिलवस्तु क्षेत्र नम्बर २ ‘क’ बाट निर्वाचित भएका थिए । स्वतन्त्र समूहबाट चुनाव लड्नुअघि पाण्डे नेपाली कांग्रेसमै सक्रिय थिए ।

उनको जितसँगै राष्ट्रिय सभामा कांग्रेसको सात सिट पुगेको छ ।

गैरसांसदले पनि गरे लुम्बिनीमा मतदान, कांग्रेस भन्छ- सत्ताको दुरुपयोग भयो

लुम्बिनीमा पनि एमालेलाई झट्का,  राष्ट्रिय सभामा कांग्रेसका पाण्डे विजयी 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १७:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।