Logo

प्रमुख समाचार

दिनको दुई घण्टामात्र सुत्छन् केपी ओली !



एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय देश दौडाहामा छन् ।

चुनावको बेला नखटे कहिले खट्ने भन्दै उनले आफ्नो पछिल्लो दैनिकी बिहीबार एक कार्यक्रममा खुलासा गरे । केन्द्रीय सल्लाहकार परिषद्को पहिलो बैठकमा पाका नेताहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बनाउन आफू दुई घण्टामात्रै सुत्ने गरेको सुनाए ।

ओलीले भने, ‘आज पनि म बिहान ४ देखि ६ बजेसम्म सुतेको । साढे २ बजेसम्म बैठक नै थियो । त्यसपछि एउटा किताब पल्टाउँदा ४ बजेछ । श्रीमती आएर थर्काएपछि बल्ल घडी हेरेको ४ बजेछ । एकछिन सुतेँ, बाहिर हल्लाखल्ला भइहाल्यो, उठ्न परिहाल्यो ।’

ओलीले देश बनाउन खोज्दा आफूमाथि अवरोध भए पनि बेलैमा गठबन्धन गरेर अब कांग्रेस पनि एमालेको चुनौती नरहेको भन्दै एकदिन सफल भइने बताए ।

ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने कुरा भूलचुकले पनि नबोल्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । ओलीले केही नेताले मौका पाउँनासाथ विघटन गलत थियो भन्ने गरे पनि सल्लाहकारले भुलेर पनि त्यसो नभन्न आग्रह गरे ।

भीम रावल र घनश्याम भुसालप्रति लक्षित गर्दै ओलीले भने, ‘केही साथीहरू मौका पाउँनासाथ प्रतिनिधिसभा विघटन त गलतै थियो भन्ने गर्नुभएको छ । यस्ता खालका गलत कुरा सल्लाहकार परिषद्का कोही पनि कमरेडले भूलचुकले पनि नबोल्न आग्रह छ ।

विघटन बिल्कुल जायज थियो, त्यही कारण आज एमाले यहाँ छ । नत्र प्रचण्ड९माधव जस्ताको कजमा गएर एमाले ध्वस्त भइसक्थ्यो । उनीहरूको कब्जामा गएर भाइलाई के बनाउने, छोरी बुहारीलाई के दिने भन्नेमै केन्द्रित भएर यो पार्टी समाप्त हुने थियो ।’

प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार  ५ : ३५ बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।