नेकपा एमालेको स्थायी कमिटिको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको स्थायी कमिटि बैठकले स्पष्टिकरण सोधिएका १२ नेतालाई कारबाही गर्ने तयारी थियो तर बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टि अध्यक्ष ओली नरम देखिएका हुन् ।
मंगलबारको बैठकले पक्षले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै प्रधानमन्त्री समेत रहेका पार्टि अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका १२ नेतालाई २४ घण्टे स्पष्टिकरण सोधिएको थियो ।
समयमा स्पष्टिकरण नदिएको भन्दै पार्टिले कारबाहीको तयारी गरिएको थियो ।















प्रतिक्रिया