काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ १५ मा चालेको कदम फौजदारी कसुर कैद कट्टा नियमावली विरुद्ध रहेको पाइएको छ ।
ऐनलाई कार्यान्वयन गर्न बनाइएका फौजदारी कसुर कैद कट्टा नियमावली २०७६ अनुसार बहुविवाहका अपराधीहरूको सजाय कट्टा गर्न सकिने छैन ।
तर गत जेठ १५ मा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा आमा माफी पाएका ४३० जना मध्य ७९ जना बहुविवाहको कसुरमा सजाय काटिरहेका थिए ।
बहुविवाहको कसुरमा घटनाको प्रकृति अनुसार कम्तीमा १ वर्ष देखी ३ वर्ष सजाय दिइएको देखिन्छ । जसमा पनि राष्ट्रपति भण्डारीले कानुन मिचेर आम माफी दिएको पाइएको हो ।




















प्रतिक्रिया