Logo

राजनीति

राष्ट्रपतिकाे सक्रियतामा रामकुमारी झाँक्रीकाे आशंका : समानान्तर सत्ताको अभ्यास त होइन? 



नेकपा एमाले नेत्री रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीकाे सक्रियतामा प्रश्न उठाएकी छन्। राष्ट्रपति भण्डारीले खोप सहयोगका लागि विभिन्न मुलुकसँग पत्राचार गर्न थालेपछि झाँक्रीले कतै समानान्तर सत्ताकाे अभ्यास त हाेइन भनेर प्रश्न गरेकी छन्।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली समूहले पार्टीबाट निस्काशन गरेकाे भनिएकी झाँक्रीले फेसबुकमा लेखेकी छन् ‘राष्ट्रपति संस्था संविधानको संरक्षक र कानुनको परिपालक हो। उसका सम्पूर्ण कामलाई संविधानले सीमित गरेको छ. लोकरिझ्याइँका लागि मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई पत्राचार गर्ने होइन, त्यो काम त कार्यकारीको हो। यो व्यवहार कतै समानान्तर सत्ताको अभ्यास त होइन? कि धुमिल भएको छवि बचाउने प्रपञ्च?

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार ०८:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।