Logo

राजनीति

१४ जिल्लाका ९२ स्थानबाट ढुंगा निर्यात गर्ने सरकारी याेजना, लुम्बिनीका मुख्यमन्त्री भन्छन्- यसले नेपालको व्यापार घाटा कम हुन्छ



लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपालबाट ढुंगाबालुवा निकासी गरी ब्यापार घाटा कम गरिने दाबी गरेका छन्।

सरकारले बजेटबाटै ढुंगा निकासी गर्ने याेजना अघि सारेपछि तीब्र आलाेचना भइरहेका बेला मुख्यमन्त्री पाेखरेलकाे यस्ताे टिप्पणी आएकाे हाे।

उनले बालुवा वा चुरे खानी उत्खनन् गरी निकासी अनमति दिने नभई पहाडको ढुंगे खानीबाट रोपवेमार्फत् भारतमा ढुंगा र गिटी निर्यात गर्ने केन्द्र सरकारको नीति रहेको जिकिर गरेका छन्।

उनले बुधबार बिहान फेसबुकमा लेखेका छन्, ‘बजेट कार्यक्रममा प्रस्तुत भएको तराईका नदी, खोलाको ढुंगा बालुवा वा चुरे उत्खननगरी निकासी गर्न अनुमति दिने भनेको होइन। यस क्षेत्रवाट प्राप्त हुने निर्माण सामाग्रीको नेपालमा नै अभाव छ।’

सरकारले अघि सार्न खोजेको वातारणिय अध्ययन गरी ढुंगे पहाडलाई खानी क्षेत्रका रुपमा छुट्याई निकासी गर्न अनुमती दिने उनले बताएका छन्। ‘लुम्बिनी प्रदेश सरकारले यस विषयमा केन्द्र सरकारलाई पहिले देखि ध्यानाकर्षण गर्दै आएको हो। यसरी खानी परिचालन गर्दा सडक यातायातमा समेत असर पर्न नदिनेगरी रोपवेको प्रयोग गर्ने नीति सरकारले अघि सारेको छ। यसबाट चुरेमा हुने अवैध उत्खनन समेत रोकिनगइ तराईको खेतीयोग्य जमिनको सुरक्षा हुनेछ र नेपालको व्यापारघाटा कम गर्न समेत मदत पुग्नेछ। साथै नेपालको विकासका लागि विदेशी ऋणको मात्रा कम गर्न सहयोग पुग्नेछ । तसर्थ यस्तो विषयलाई चुरे क्षेत्रको विनाससंग जोडेर भ्रम सिर्जना नगरौ । चुरे क्षेत्रको संरक्षणमा योगदान गर्नसक्ने कार्यक्रमका रुपमा यस सोचलाई आत्मसात गराैँ।’

shankar.PNG

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार ०८:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।