जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८-७९ को बजेटमा खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात अथवा निकासी गरि व्यापार घाटा न्युनिकरण गर्ने निर्णय घातक भएको बताएका छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले बुधबार एक विज्ञप्ति जारी गर्दै व्यापार घाटा न्युनिकरणका लागि निजी क्षेत्रको संलग्नतामा चुरे क्षेत्रमा बसोबास गराउने, बन विनाश गरि होटह, मोटल, रिसोर्ट आदि खोल्ने सरकारको निर्णयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले विज्ञप्तिमा लेखेका छद्द्, “व्यापार घाटा कम गर्ने नाममा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाति छ । यसले चुरे विनाश गर्ने, तराई मधेसलाई मरुभूमिकरण गर्ने निश्चित छ ।”
सरकारले मधेसलाई मरुभूमि बनाउने कार्यबाट जोगाउन र त्यहाँको जनताले आफ्नो जीवन रक्षाका लागि संघर्ष गर्न बाध्य हुनुपर्ने जसपाले जनाएको छ ।


















प्रतिक्रिया