नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा शंकर पोखरेलले सर्वोच्च अदालतका न्यायाधीशहरुमा गुटवन्दी देखिनु गम्भीर रहेको बताएका छन् । मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।
पोखरेलले फेसबुकमा लेखेका छन्, ‘सर्वोच्चमै एउटा न्यायाधीशले अर्को न्यायाधीशको न्याय निरुपणको निष्पक्षतामा प्रश्न उठाउने तहको गुटबन्दी देखिनु गम्भीर समस्या हो।’
सर्वोच्च अदालतमा संसद विघटन विरुद्धको मुद्दामा कानुन व्यवसायीले केही न्यायाधीशलाई इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले गठन गरेको संवैधानिक इजलासमा नै विवाद भएको छ । विवाद भएपछि आगामी २३ गते वरिष्ठताको आधारमा नयाँ इजलास गठन गरेपछि सुनुवाइ सुरु हुने भएको छ । यस्तो बेलामा मुख्यमन्त्री पोखरेलको विचार आएको हो ।




















प्रतिक्रिया