Logo

राजनीति

सांसद पद गुमेपछि जनमोर्चाका कृष्ण थापाले भने –  अनौठो मजाक भयो



सांसद पद गुमेपछि जनमोर्चाका नेता कृष्ण थापाले पाँच दलीय गठबन्धनको आक्रमणको हारले पनि कुनै तात्विक अन्तर नपार्ने बताएका छन् । 

सामाजिक सञ्‍जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले इतिहासमा अनौठो मजाक भएको टिप्पणी गरेका छन् । इतिहासले अवश्यक मूल्यांकन गर्ने विश्वास प्रकट गर्दै बागलुङ १ खका जनतालाई जनमत विपरीत गएर कांग्रेसको सरकार बनाउन नसकेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, “आहा हामी कम्युनिस्ट ! जीवनमा धेरै हारको सामना गरियो । पाँच दलीय गठबन्धनको आक्रमणको हारले पनि कुनै तात्‍विक अन्तर पार्ने छैन ।”

उनले यसलाई हार अलि रमाइलो प्रकारको भएको बताएका छन् । 

उनले थप लेखेका छन्, “यो हार अलि रमाइलो प्रकारको पनि भयो । कांग्रेसको सरकार नबनाउँदा आफनो सांसद् खारेज गर्नु इतिहासमा अनौठो मजाक भयो । इतिहासले अवश्य मूल्यांकन गर्नेछ । बागलुङ १ ख का सम्पूर्ण जनतामा तपाईंहरुको अभिमत विपरीत जान सकिन हजुरहरुको अभिमतलाई हार्दिक हार्दिक अभिवादन ।”

No description available.

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार १४:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।