Logo

नेपालद्वारा चाईनिज ताईपे २-० ले पराजित 



सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसियन कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले अहिले चाईनिज ताईपेसँग प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा नेपालले जित निकालेको छ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १ – ० गोलको अगर्त बनाएको थियो ।

खेलको चौंथो मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

सन्तोष तामाङको फ्रिकिकमा ताईपेका चेङ्ग हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । दोस्रो गोल खेलको ८० औँ मिनेटमा नवयुग श्रेष्ठले गरेका थिए । र योसँगै नेपालले चाईनिज ताईपे लाई २ – ० को फराकिलो अन्तरले हराएको छ । 

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार २३:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।