बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी फिल्म ‘टिकु वेड्स सेरु’का कारण अहिले चर्चामा छन् । यो फिल्म ओटिटी प्लेटफर्मममा केही समयपछि रिलिज हुने बताइएको छ ।
अनि यही फिल्मको विषयमा नवाजुद्दिन अहिले प्रचारप्रसारमा केन्द्रित भएका छन् । बलिउड अभिनेत्री कंगना रनौट यही फिल्मबाट बलिउडमा निर्माताका रुपमा डेब्यु पनि गर्दैछिन । फिल्ममा हिरोइनको भूमिकामा चाहिँ अभिनित कौर छिन् ।
फ्रेबुअरीमा सुटिङ सकिएको यो फिल्ममा काम गर्दा आफूलाई निकै रमाइलो लागेको नवाजुद्दिनले बताएका छन् । उनले कंगनाबारे अनेक कुराहरु बाहिर आए पनि कंगना आफूलाई सबैभन्दा राम्रो निर्माता लागेको पनि बताएका छन् ।
‘उनीजस्ता निर्माता निकै कम छन्, उनले भनेका छन्, ‘उनी यति धेरै गजबकी निर्माता र अभिनेत्री हुन् कि उनीसँग काम गर्दा मलाई कुनै पनि कुराको डर लागेन ।’ एजेन्सी





















प्रतिक्रिया