कमल थापाले नेतृत्व गरिरहेको दल राप्रपा नेपालले नेकपा एमालेसँगको सहमतिअनुसार सहाकार्य भएका ठाउँमा सूर्य चिन्हमा मतदान गर्न कार्यकर्तालाई आह्वान गरेको छ ।
आइतबार बसेको राप्रपा नेपालको सचिवालय बैठक आफ्ना उम्मेदवार भएका ठाउँमा तीर चिन्ह र एमालेसँग सहमति भएका ठाउँमा सूर्यमा मत हाल्न भनेको हो । विशेष परिस्थितिका कारण दुईखाले चुनावी प्रबन्ध गर्नुपरेको राप्रपा नेपालले उल्लेख गरेको छ ।
स्थानीय चुनावलाई राप्रपा नेपालले नेकपा एमालेसँग तालमेलको सहमति गरे पनि कुनै पनि पालिकामा प्रमुख वा उपप्रमुखको उम्मेवारी दिन पाएन ।
वैशाख ११ र १२ मा स्थानीय चुनावका लागि उम्मेदवारी दर्ता भए पनि कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपालबाट कुनै पनि पालिका प्रमुख वा उपप्रमुखमा उम्मेदवारी परेको छैन ।
चैत ३० गते एमालेसँग पाँच बुँदे सहमति गर्दै राप्रपा नेपालले सूर्य चिन्हबाट आफ्ना उम्मेदवारले उम्मेदवारी दिने सहमति गरेको थियो । उनीहरूबीच ‘देशभरि तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने’ सहमति भएको थियो । तर राप्रपाले एउटै पालिका प्रमुख वा उपप्रमुखमा आफ्ना उम्मेदवार उठाउन पाएन ।
राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले पार्टी परित्याग गर्दै राप्रपा नेपाल ब्युँताएका थिए । उनले छोटो समयमा सबै जिल्लामा पार्टी समितिहरू बनेको तथा संगठन विस्तार भएको दाबी गर्दै आएका थिए ।
















प्रतिक्रिया