Logo

राजनीति

सवा तीव वर्ष सरकारमा बस्दा मन्त्री ज्ञवालीले कति कमाए ? सार्वजनिक गरे सम्पत्ति विवरण



नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएदेखि नै मन्त्री बनेका निवर्तमान परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सरकारबाट बिदा भएलगत्तै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेको उल्लेख गर्दै सो अवधिमा विदेश भ्रमण बापतको लेभी ३ लाख १४ हजार ९३० रुपैयाँ र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार रुपैयाँ गरी जम्मा ९ लाख ३४ हजार ९३० रुपैयाँ पार्टीको खातामा जम्मा भएको बताएका छन् । त्यसैगरी पारिश्रमिकको कर कट्टीबापत ३ लाख ७२ हजार ४९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको जानकारी दिएका छन् ।

नेता ज्ञवालीले हाल आफ्नो खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ ६० पैसा बचत रहेको पनि बताएका छन् । मन्त्री बनेपछि सार्वजनिक गरिएको आफ्नो सम्पत्ति विवरणमा कुनै फेरबदल नआएको पनि उनले जानकारी गराएका छन् ।

उनले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप ९म्याकबुक प्रो० शुक्रवारनै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोक स्थित सरकारी निवास शनिवार बिहान छाड्ने पनि उनले सामाजिक सञ्जाल मार्फत् स्पष्ट पारेका छन् ।

Pradeep Kumar Gyawali.JPG

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार १०:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।