Logo

प्रमुख समाचार

रुकुम पश्चिमकाे नमुना माविमा नमुना मतदान



रुकुम पश्चिम । रुकुम पश्चिममा नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमद्वारा मुसिकोट नगरपालिका ५ मा रहेको यमुना नन्द नमुना माविमा नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको हो । 

यही वैशाख ३० गते हुने पालिका चुनावलाई लक्षित गरेर नमुना मतदान कार्यक्रम गरिएको हाे । मतदाता शिक्षा कार्यक्रम पनि हुने र मत बदर हुन सक्ने सम्भावनालाई कम गर्न सन्देश प्रवाह गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रम गरिएको निर्वाचन कार्यलयले जानकारी दिएकाे छ । 

नमुना मतदान कार्यक्रममा त्यहीँका ८४ जनाले मतदान गरेका र ६ वटा मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

सुरक्षा व्यवस्था, कर्मचारी व्यवस्था, मतपत्र, मतपेटिका लगायतका सबै प्रक्रिया पूरा गरेर नमुना मतदान कार्यक्रम गरिएको हो । मतपेटिकामा चुनाव चिह्नहरू भने साङ्केतिक रूपमा राखिएको थियाे । 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार १९:३१   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।