नेकपा एकता अभियानका संयोजक बामदेव गौतमले जसपाका वरिष्ठ नेता तथा नवनियुक्त उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले सपथका बेला दिएको अभिव्यक्तिको कडा आलोचना गरेका छन् । संयोजक गौतमले महतोको अभिव्यक्तिमा मौन बस्ने प्रधानमनत्री केपी शर्मा ओलीको समेत आलोचना गरेका छन् ।
गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोले चलाइरहेको मुक्ति आन्दोलन नेपाललाई विखण्डन गर्ने खालको भएको बताएका छन् । गौतमले सामाजिक सञ्जालमार्फत नेपाललाई विघटन गर्ने आन्दोलन कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन नहुने बताए ।
‘राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ, गौतमले लेखेका छन् ।
प्रधानमन्त्री केपी ओलीले महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको बताए ।


















प्रतिक्रिया