Logo

गोरखनाथ मन्दिरमा सवा लाख रोट अर्पण



गोरखा : यहाँस्थित गोरखनाथ मन्दिरमा गुरु गोरखनाथलाई सवा लाख रोट अर्पण गरिएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रुपमा लिइने रोट चढाउने परम्परालाई निरन्तरता दिँदै निषेधाज्ञाका बीच स्वास्थ्य मापदण्डको पालना गरी गोरखनाथलाई रोट चढाइएको हो ।

मन्दिरमा दैनिक रोट चढाउने प्रचलन रहेपनि गएको १८ बर्षदेखि यसलाई महोत्सवकै रुपमा समेत अगाडि बढाइँदै आएको आयोजक सिद्धाश्रम शक्तिकेन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिएका छन् ।

गोरखनाथ पृथ्वीमा पहिलो पटक गोरखाको पवित्रस्थल गोरखगुफामा प्रकट भएको धार्मिक मान्यता छ ।  भुङ्ग्रे र तावा गरी दुई प्रकारका हुने जनाइएको छ । तत्कालीन नेपाल एकीकरणका समयमा सैनिकलाई प्रसादका रुपमा एउटा रोट र एक माना पानी खुवाएपछि भोक नलागेको  तथा लामो समयसम्म लडाइँ लड्न सकेको भनाइ  छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार ११:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।