Logo

अर्थ

फिफा विश्वकप २०२६ः डीगोले ल्यायो ५४९ रुपैयाँको ‘मोबाइल पास’



काठमाडौं । विश्वकप फुटबलका नेपाली प्रेमीहरूका लागि खुसीको खबर आएको छ । फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारणका लागि नेपालको डिजिटल स्ट्रिमिङ प्लेटफर्म ‘डीजीओ’ले सस्तो र सुलभ मोबाइल पास घोषणा गरेको छ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै डीजीओ ले मात्र ५४९ रुपैयाँमा मोबाइलबाटै विश्वकपका सबै खेलहरू हेर्न सकिने जानकारी दिएको हो । यो योजना अन्तर्गत दर्शकहरूले आफ्नो मोबाइलमा विश्वकपका सबै १०४ वटा खेलहरूको प्रत्यक्ष प्रसारण फुल एचडी क्वालिटीमा हेर्न पाउनेछन्।

यसपटक नेपाली दर्शकहरूले विश्वकपको भरपुर मजा आफ्नै मातृभाषामा लिन पाउने भएका छन् । डीजीओ ले खेलको दौरान नेपाली कमेन्ट्रीको व्यवस्था गरेको छ। साथै, दर्शकले आफ्नो चाहना अनुसार नेपाली वा अंग्रेजीमध्ये कुनै पनि भाषा रोजेर कमेन्ट्री सुन्न सक्ने ‘ड्युअल कमेन्ट्री’ को विकल्प पनि उपलब्ध हुनेछ ।

डीजीओ का अनुसार यो पास खरिद गर्न निकै सहज छ । दर्शकहरूले सिधै डीजीओ एप खोलेर केही क्लिकमै ‘मोबाइल पास’ खरिद गरी सक्रिय गर्न सक्नेछन् । तेस्रो पक्ष वा अन्य कुनै झन्झटिलो प्रक्रिया बिना नै यो सुविधा लिन सकिने कम्पनीले जनाएको छ

 

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार १२:४८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।