सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई पुनर्बहाली गर्ने आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई पुनर्बहाली गर्ने आदेश दिएको हो ।
प्रदेश सभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारबाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको हो । सुविधा र सन्तुलनको हिसालबे अतुलतीय क्षति हुने देखिएकाले थापालाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न आदेश जारी भएको हो ।






















प्रतिक्रिया