Logo

राजनीति

नेविसंघका महामन्त्रीसहित ९ जना पक्राउ



चुरे दोहनको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईसहित नौ पक्राउ परेका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत खानीजन्य पदार्थ निकासी खुल्ला गर्ने निर्णयविरुद्ध राजधानीको गोंगबुमा प्रदर्शनका क्रममा प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो ।

गिरफ्तार गरिएकाहरूलाई महानगरीय प्रहरी वृत्त महाराजगंजमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १६:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।