Logo

शिक्षा

हावाहुरीले स्कुलको छानो उडायो 



बैतडी । बुधबाराति आएको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका-७ ऐरीगाउँ दलित टोलमा रहेको लटिनाथ आधारभुत बिद्यालयको छानो उडाएको छ । बर्षासँगै आएको हावाहुरीले उक्त विद्यालयको दुई कोठाको  जस्तापाता उडाएको हो । 

अहिले बिद्यालय बन्द भए पनि स्कुल खुल्ने बेला वर्षात हुने भएकाले बालबालिकाकाे पठनपाठनमा समस्या हुने स्थानिय पुरनसिंह ऐरले बताए । 

उक्त विद्यालयमा हाल कक्षा तीनसम्मको पढाइ हुन्छ भने करिब ६० जना विद्यार्थी छन् । छानो उडाउँदा जस्तापाताहरू छरिएका छन् । छरिएको सामग्री व्यवस्थापन नभए चोरी हुने सम्भावना पनि छ ।
 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार १६:५८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।